artists

कलाकारहरु

Alfa M. Shakya is a writer, researcher and podcaster. She is the producer and host of How’d You Create That? —an art podcast about the creative process. For Alfa, writing is a medium through which she explores her curiosities and questions. She also occasionally illustrates and sings, and is a writing fellow at The Open Institute for Social Science.
आल्फा एम. शाक्य लेखक र अनुसन्धाताका साथै एक पोडकास्टर पनि हुन् । उनी रचनात्मक प्रक्रियाबारे कुराकानी हुने आर्ट पोडकास्ट ‘हाउ’ड यु क्रिएट द्‌याट ?’ की निर्माता तथा सञ्चालक हुन् । अल्फाका लागि लेखन भनेको आफ्ना कौतू्ल र प्रश्नबारे खोजी गर्ने एक माध्यम हो । उनी बेला-बेला चित्र कोर्ने र गीत गाउने पनि गर्छिन् । यसका साथै, उनी द ओपन इन्स्टिच्युट फर सोसियल साइन्सकी एक लेखन फेलो हुन् ।
Anushri Lama a.k.a Kimfordesign, is a visual artist specializing in illustration and 2D animation. She earned her Bachelor’s in Fine Arts from Kathmandu University, and in the past, has collaborated with Room to Read, Virangana Comics, and many artists and musicians. She has worked on illustrated books, concert visuals, t-shirt designs, and other creative projects.
अनुश्री लामा (किमफरडिजाइन) चित्रकला र टु-डि एनिमेसनमा विशेषज्ञता हासिल गरेकी दृष्य कलाकार हुन् । उनले काठमाडौँ विश्वविद्यालयबाट ललित कलामा स्नातक गर्नुका साथै विगतमा रुम टु रिड, विराङ्गना कमिक्स र अन्य थुप्रै कलाकार तथा सङ्गीतकारसँग संयुक्त रुपमा काम गरेकी छन् । सचित्र पुस्तक, कन्सर्टको भिजुअल तथा टिसर्ट डिजाइनलगायतका थुप्रै कलात्मक काममा उनको हात रहेको छ ।
Bandana Tulachan is an illustrator with a passion for creating children’s literature and sequential narratives. She holds a Bachelor of Fine Arts from Kathmandu University. Her artwork is inspired by the rich cultural and natural diversity of her homeland as well as her personal experiences and stories.
बन्दना तुलाचन बालसाहित्य तथा क्रमबद्ध कथा रचनामा गहन रुचि भएकी चित्रकार हुन् । उनले काठमाडौँ विश्वविद्यालयबाट ललित कलामा स्नातक गरेकी छन् । आफ्नो मातृभूमिको समृद्ध सांस्कृतिक तथा प्राकृतिक विविधताका साथै व्यक्तिगत अनुभव र कथाबाट उनका कलाकृति प्रेरित छन् ।
Junu Maya Tamang draws profound inspiration from Nature. Her work weaves together social relationships, memory, and time and space within Nature. She has been practicing traditional methods of papermaking and exploring text and image-making to develop a contemporary dialogue with the medium. Here, she creates paper using plant fibers, which she weaves into the traditional gundri mat.
जुनुमाया तामाङ प्रकृतिबाट गहन प्रेरणा लिन्छिन् । उनका कृतिले सामाजिक सम्बन्ध, स्मृति, र प्रकृति भित्र समय तथा स्थानलाई एकसाथ बुन्छन् । कागज बनाउने पारम्पारिक विधि अभ्यास गर्नुका साथै उनले यस माध्यमसँग समसामयिक संवाद विकास गर्न लेखन र छवि निर्माणबारे खोज पनि गर्दै आएकी छिन् । यहाँ उनले बोटबिरूवाको रेसाबाट बनाएको कागजलाई परम्परागत गुन्द्रीमा बुनेकी छिन् ।
Manantuna Jyapoo is an artist and art educator who is passionate about working with women and children. Through Srijanalaya, Manantuna is collaborating closely with local school teachers and students to integrate arts into the classroom. She uses art as a medium of expression and a tool to enrich both teaching and learning experiences.
मनन्तुना ज्यापू महिला तथा बालबालिकासँग काम गर्नमा विशेष लगाव भएकी कलाकार तथा कला शिक्षाकर्मी हुन् । सृजनालयमार्फत् मनन्तुनाले कलालाई कक्षाकोठामा एकीकृत गर्न स्थानीय विद्यालयका शिक्षक तथा विद्यार्थीसँग निकट रुपमा सहकार्य गर्दै आएकी छन् । उनी शिक्षण सिकाइ अनुभवलाई थप रोचक बनाउन कलालाई एक उपकरण र अभिव्यक्तिको माध्यमको रुपमा प्रयोग गर्छिन् ।
Muna Gurung is a writer, translator and educator. She teaches writing at The Open Institute for Social Science, and runs KathaSatha, a platform for Nepali stories and storytellers. When not writing or teaching, she is busy with ÃMÃKO, an intergenerational pickles and preserves company.
मुना गुरुङ एक लेखक, अनुवादक र शिक्षक हुन् । द ओपन इन्स्टिच्युट फर सोसियल साइन्समा लेखन विषय पढाउनुका साथै उनी नेपाली कथा तथा कथाकारहरूप्रति समर्पित संस्था कथासथा सञ्चालन गर्छिन् । लेखन वा शिक्षणमा नहुँदा उनी अन्तरपुस्तागत रुपमा अचार बनाउने कम्पनी ‘आमाको’ मा व्यस्त हुन्छिन् ।
Nabina Sunuwar explores themes of home and belonging, drawing inspiration from her ancestral home in Okhaldhunga. A member of Aakrit Collective, Nabina reflects on memory and displacement by meticulously carving images of her ancestral village, capturing its quiet presence and the memories it holds.
नबिना सुनुवार ओखलढुङ्गास्थित आफ्नो पुर्ख्यौली घरबाट प्रेरणा लिँदै घर र कुटुम्बबारे विषयमा खोज गर्छिन् । नविना आकृत कलेक्टिभकी सदस्य हुन् । आफ्नो पुर्ख्यौली गाउँको शान्त उपस्थिति र यसले बोकेका सम्झनालाई कैद गर्दै त्यहाँका चित्रहरू कुशलतापूर्वक कोर्दै नविना स्मृति र विस्थापनबारे मनन् गर्छिन् ।
Pooja Poudel is a writer and artist based in Kathmandu who works with art institutions to organize exhibitions, residencies, and events. Her short stories, grounded in feminist perspectives, have been recognized at the Writing Nepal 2021 Prize, and as runner-up for the Alpine Fellowship Writing Prize in 2023.
पूजा पौडेल काठमाडौँ निवासी लेखक तथा कलाकार हुन् । विभिन्न कला संस्थासँग मिलेर उनी प्रदर्शनी, आवासीय परियोजनालगायतका कार्यक्रम आयोजना गर्ने गर्छिन् । महिलावादी दृष्टिकोणमा आधारित उनका लघुकथा राइटिङ नेपाल २०२१ पुरस्कारमा सम्मानित भएका छन् । उनी सन् २०२३ को अल्पाइन फेलोसिप राइटिङ पुरस्कारमा उपविजेता भएकी छन् ।
Priyanka Singh Maharjan is a Kathmandu-based visual artist and illustrator whose practice focuses on memory, personal history, and reinterpretation of the past with a particular emphasis on women’s experiences. Priyanka works as a teaching artist at Srijanalaya.
प्रियंका सिंह महर्जन काठमाडौँ निवासी दृश्य कलाकार तथा चित्रकार हुन् । महिलाका अनुभवमाथि विशेष जोड दिँदै उनी स्मृति, व्यक्तिगत इतिहास र विगतको पुनर्व्याख्यामा आफ्ना काम केन्द्रित गर्छिन् । प्रियङ्का सृजनालयमा कलाकार शिक्षकको रुपमा कार्यरत छिन् ।
Sanjeev Maharjan is a visual artist and art educator based in Kathmandu. He has been organizing and curating art experiences and events as part of his artistic practice, with community and a strong passion for finding ways for the arts to resonate with a wider public.
सन्जीव महर्जन काठमाडौंमा आधारित एक दृश्य कलाकार र कला शिक्षक हुन्। उनले आफ्नो कलात्मक अभ्यासको भागको रूपमा कलात्मक अनुभवहरू र कार्यक्रमहरू १५ बर्ष लगायत आयोजना र निर्देशन गर्दै आएका छन्, समुदायसँग सक्रिय रूपमा जुड्ने र कला जनसमूहसँग कसरी प्रतिध्वनित हुन सक्छ भन्ने उपाय खोज्ने दृढ आवेगसहित।
Shaili Malla is a visual artist and illustrator who works across mixed media. Her art practice spans various mediums, such as painting, drawing, mixed media animation, digital art, and printmaking. Shaili incorporates visual layers in her work to explore the depth of her subjects and stories; her work is mostly inspired by the stories around her and her personal memories and experiences.
शैली मल्ल  एक दृश्य कलाकार र चित्रकार हुन् जो मिश्रित माध्यममा काम गर्छिन् । उनको कला अभ्यास विभिन्न माध्यममा छ, जस्तै चित्रकला, रेखाचित्र, मिश्रित माध्यम एनिमेशन, डिजिटल कला, र प्रिन्टमेकिङ। शैलीले आफ्ना काममा दृश्य तहहरु समावेश गर्छिन् ताकि उनी आफ्ना विषय र कथाहरूको गहिराई अन्वेषण गर्न सकून्; उनको काम प्रायः उनलाई वरिपरिका कथाहरू र उनका व्यक्तिगत सम्झनाहरू र अनुभवबाट प्रेरित हुन्छ।
Sofiya Maharjan is a visual artist who blends textile, embroidery, and storytelling to explore themes of memory, gender, and material culture.  She has a keen interest in exploring memories connected to personal belongings and the private space, depicting individual and collective lived experiences. Her practice reflects her belief that it is less about the reality of the world and more about how we perceive it. 
सोफिया महर्जन एक दृश्य कलाकार हुन् । उनी स्मृति, लैङ्गिकता र भौतिक संस्कृतिका विषयबारे खोज गर्न कपडा, कढाई र कथावाचनको सम्मिश्रणमाथि काम गर्छिन् । व्यक्तिगत तथा सामूहिक जीवनका भोगाइ दर्शाउने वैयक्तिक सम्बन्ध र निजी स्थानसँग सम्बन्धित स्मृतिको खोजीमा उनको गहिरो रूचि छ । उनका कामले संसारको वास्तविकता भन्दा पनि यसबारे हाम्रो बुझाई महत्त्वपूर्ण हुन्छ भन्ने उनको विश्वासलाई झल्काउँछन् ।
Sunita Maharjan’s practice emerges from a dialogue between human intervention and natural processes. Her work is deeply informed by the spatial imprints of human life — particularly the ways people construct dwellings and draw personal boundaries. By depicting human activity without the human figure, she emphasizes how space is defined by not structures alone, but by the accumulation of time, gestures, and daily rituals.
सुनिता महर्जनको कलाकृति मानवीय हस्तक्षेप र प्राकृतिक प्रक्रियाबीचको संवादबाट उत्पन्न हुन्छ । उनको काम विशेषगरी स्थानमाथि मानव जीवनले बनाउने छापबाट सूचित हुन्छ – विशेषगरि मानिसहरूले आफ्ना बासस्थान कसरी सिर्जना गर्छन र त्यहाँ कसरी व्यक्तिगत सीमा तोक्छन् भन्नेबारे । मान्छेको आकृति बेगरै मानव क्रियाकलाप प्रस्तुत गर्दै उनी स्थानलाई संरचनाले मात्र नभई समय, हाउभाउ र दैनिक संस्कारको संचयनले पनि परिभाषित गर्छन् भन्नेमा जोड दिन्छिन् ।
Tsering Tsomo Gurung is a writer and researcher. She gathers inspiration from her childhood memories and crafts stories that are enriched with nostalgia. She has worked closely with the Tibetan community in exploring themes of home and belonging. She enjoys listening to the stories of elders’. She likes to paint and sketch, and is a writing fellow at The Open Institute for Social Science.
छिरिङ छोमो गुरुङ एक लेखक तथा अनुसन्धाता हुन् । उनी आफ्नो बालापनको सम्झनाबाट प्रेरणा बटुल्छिन् र नोस्टालजियाले ओतप्रोत भएका कथा रच्छिन् । तिब्बती समुदायसँग घर र अपनत्वजस्ता विषयबारे खोज्न उनले निकट रहेर काम गरेकी छन् । उनलाई बुढापाकाका कथा सुन्न निकै रमाइलो लाग्छ । उनलाई पेन्ट र स्केच गर्न मन पर्छ । उनी द ओपन इन्स्टिच्युट फर सोसियल साइन्सकी एक लेखन फेलो हुन् ।
Ubahang Nembang (Uba) is an illustrator and graphic designer who loves making picture books. He completed his BFA from Kathmandu University and holds an MA in Illustration from Falmouth University in Cornwall. Often told through the perspective of animals, his stories reflect the interconnected relationship between the environment and people.
उबाहाङ नेम्वाङ (उबा) सचित्र पुस्तक बनाउन मन पराउने चित्रकार तथा ग्राफिक डिजाइनर हुन् । उनले काठमाडौँ विश्वविद्यालयबाट बीएफए गरेका छन् भने कर्नवालको फाल्माउथ विश्वविद्यालयबाट चित्रण विषयमा एमए गरेका छन् । प्रायः जनावरको दृष्टिकोणमार्फत् प्रस्तुत हुने उनका कथाले सेरोफेरो र मानिसबीचको परस्पर सम्बन्धलाई प्रतिविम्बित गर्छन् ।

Sofiya Maharjan सोफिया महर्जन एक दृश्य कलाकार हुन् । उनी स्मृति, लैङ्गिकता र भौतिक संस्कृतिका विषयबारे खोज गर्न कपडा, कढाई र कथावाचनको सम्मिश्रणमाथि काम गर्छिन् । व्यक्तिगत तथा सामूहिक जीवनका भोगाइ दर्शाउने वैयक्तिक सम्बन्ध र निजी स्थानसँग सम्बन्धित स्मृतिको खोजीमा उनको गहिरो रूचि छ । उनका कामले संसारको वास्तविकता भन्दा पनि यसबारे हाम्रो बुझाई महत्त्वपूर्ण हुन्छ भन्ने उनको विश्वासलाई झल्काउँछन् ।
Tsering Tsomo Gurung is a writer and researcher. She gathers inspiration from her childhood memories and crafts stories that are enriched with nostalgia. She has worked closely with the Tibetan community in exploring themes of home and belonging. She enjoys listening to the stories of elders’. She likes to paint and sketch, and is a writing fellow at The Open Institute for Social Science.
छिरिङ छोमो गुरुङ एक लेखक तथा अनुसन्धाता हुन् । उनी आफ्नो बालापनको सम्झनाबाट प्रेरणा बटुल्छिन् र नोस्टालजियाले ओतप्रोत भएका कथा रच्छिन् । तिब्बती समुदायसँग घर र अपनत्वजस्ता विषयबारे खोज्न उनले निकट रहेर काम गरेकी छन् । उनलाई बुढापाकाका कथा सुन्न निकै रमाइलो लाग्छ । उनलाई पेन्ट र स्केच गर्न मन पर्छ । उनी द ओपन इन्स्टिच्युट फर सोसियल साइन्सकी एक लेखन फेलो हुन् ।
Ubahang Nembang (Uba) is an illustrator and graphic designer who loves making picture books. He completed his BFA from Kathmandu University and holds an MA in Illustration from Falmouth University in Cornwall. Often told through the perspective of animals, his stories reflect the interconnected relationship between the environment and people.
उबाहाङ नेम्वाङ (उबा) सचित्र पुस्तक बनाउन मन पराउने चित्रकार तथा ग्राफिक डिजाइनर हुन् । उनले काठमाडौँ विश्वविद्यालयबाट बीएफए गरेका छन् भने कर्नवालको फाल्माउथ विश्वविद्यालयबाट चित्रण विषयमा एमए गरेका छन् । प्रायः जनावरको दृष्टिकोणमार्फत् प्रस्तुत हुने उनका कथाले सेरोफेरो र मानिसबीचको परस्पर सम्बन्धलाई प्रतिविम्बित गर्छन् ।
instagram
…………………………………………………………….
facebook
…………………………………………………………….
instagram
…………………………………………………………….
facebook
…………………………………………………………….